इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित

80
  •  
  •  
  •  

काठमाडौं । इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएकाे छ । इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो ।

इराकका आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियाे । नेपालका लागि अञ्जन विष्टले प्रहार गरेको बल क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए । नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल ब्यहोरेको हो ।

नेपालले २९ औं मिनेटमा अर्को गोल गरे पनि  रक्षापङ्क्तिको कमजोरीका कारण जित निकाल्न सकेन। फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा ।

नेपालको यही टोलीले विश्वकप छनोटका बाँकी ३ खेल पनि खेल्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।


  •  
  •  
  •