एमाले सबै नेपालीको प्रतिनिधित्व हुने संघीयताको पक्षमा छ : नेपाल

172
  •  
  •  
  •  

रौतहट, १४ असोज (ओएनएस) नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टी सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्ने संघीयताको पक्षमा रहेको बताएका छन ।

मंगलबार रौतहटको गौरमा पत्रकार सम्मेलनमा गरी नेता नेपालले मधेसी, थारु, मुस्लिम, दलित तथा सम्पूर्ण नेपालीको भावनाको प्रतिनिधित्व गर्ने किसिमको संघीयताको पक्षमा आफू रहेको बताएका हुन् । उनले एमालेले ल्याएको सात प्रदेशको अवधारणा उपयुक्त रहेको बताए ।

माघ ८ गतेभित्र संविधान बनाउनका लागि सबै रानीतिक दल प्रतिबद्ध भएर लाग्नु पर्ने बेला आएको नेपालको भनाई थियो ।  एमालेले संविधान निर्माणको कार्यलाई उच्च महत्व दिएको बताउँदै उनले एमाओवादीको कारण समयमा संविधान नआउने हो कि भन्ने आशंका बढेको दाबी गरे । एमाओवादी र मधेसवादी दलले अनेक बहानामा सदन अवरुद्ध गरिरहेकाले समयमा संविधान बन्नेमा शंका उब्जिन थालेको उनको तर्क थियो ।  तर नेताहरु अहिले गम्भीर भएकाले सदनको अवरोध केही दिनमा नै समाप्त हुने विश्वास व्यक्त गरे ।


  •  
  •  
  •