भारतलाई पराजित गर्दै नेपालद्वारा उपाधी कब्जा

83
  •  
  •  
  •  

काठमाडौ, १२ भदौ(ओएनएस) : उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । भारतलाई पेनाल्टी शुटआउटमा भारतलाई पाखा लगाउँदै साफ च्याम्पियनसिपको पहिलो उपाधि जितेको हो ।

नेपाल र भारतबीचको खेलमा १-१ को बराबरी भएपछि खेल पेनाल्टी शुट आउटबाट टुङ्गो लागेको थियो । पेनाल्टीशुट आउटमा नेपालले भारतलाई ५-४ गोलअन्तरले पराजित गरेको छ ।

यसअघिको निर्धारित ९० मिनेटको खेलमा नेपालले तेज तामाङको गोलबाट अग्रता लिएको थियो । नेपालले उक्त अग्रतालाई ८७ मिनेटसम्म कायम राखेको थियो तर, दिनेश राजवंशीले डिबक्स भित्र हातले बल छोएपछि भारतले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै शहबाजले भारतलाई १-१ को स्थितिमा ल्याए र खेल पेनाल्टीमा पुग्यो ।

खेलमा नेपालले भारतलाई दवावमा राखेको थियो । नेपालले निकै राम्रा अवसरहरू पाएपनि ती अवसरलाई गोल परिणत गर्न सकेन भने भारतले पनि केही अवसरहरू प्राप्त गरेको थियो ।


  •  
  •  
  •