१७ वर्षपछि माल्दिभ्सलाई स्तब्ध पार्दै नेपाल फाइनलमा

144
  •  
  •  
  •  

Bangabandhu_Gold_Cup_Logoकाठमाडौँ, ५ माघ(ओएनएस) : नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लामो समयदेखीको गोलको खडेरीलाई चिर्दै आज नेपालले माल्दिभ्सलाई १७ वर्षपछि पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

नेपालले आजको खेलमा माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गर्दै गोलको खडेरी मात्र टारेन प्रतियोगिताको फाइनलमा समेत स्थान बनाउन सफल भयो । नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । नेपालका लागि ३१ औ मिनटमा पहिलो गोल गरेका नवयुग श्रेष्ठले खेलको ६२ औ मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरेका थिए । यस्तै, खेलको इन्जुरी टाइमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

दोस्रो हाफको खेलमा नेपालले थप तीन गर्‍यो भने १ गोल खान पुग्यो । नेपालका लागि ५१ औ मिनेटमा बिशाल राईले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । माल्दिभ्सका तर्फबाट खेलको ७७ औ मिनेटमा माल्दिभ्सका नासिदले गोल गर्दै माल्दिभ्सको खाता खोलेका थिए ।

यसपछि थप गोल हुन सकेन र खेलमा नेपालले जित हासिल गर्न सफल भयो । नेपालले फाइनलमा बहराइनको सामना गर्नेछ ।


  •  
  •  
  •