इतिहास रच्यो नेपालले, मलेसियासँग लियो बदला

480
  •  
  •  
  •  

काठमाडौ, ४ भदौ (ओएनएस) : मलेसियामा सम्पन्न एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ ।

u-16 winner nepal7मलेसियाको किनरारा क्रिकेट मैदानमा भएको मलेसियाविरूद्धको खेलमा जित हासिल गर्दै यु-१६ समूहको उपाधी जितेर इतिहास रचेको छ भने मलेसियालाई अघिल्लो पटकको हारको बदला समेत लिएको छ ।

मलेसियामा सम्पन्न एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधीका लागि मलेसियाले पाएको १ सय ६२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मलेसिया ३६ औ ओभरमा मात्र १ सय २९ रनमा समेटिएपछि नेपालले जित हासिल गरेको हो । मलेसिया ३२ रनले पराजित भएको छ । अघिल्लो संस्करणमा बेहोरेको हारको बदला समेत लिएको छ ।

यस जितसँगै एसीसीले गरेको उमेर समूहका सम्पूर्ण प्रतियोगितामा जित हासिल गरेर इतिहास रचेको छ ।
नेपालले निर्धारित ४० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै १ सय रन जोडेको हो । नेपाललाई उक्त स्कोरमा पुर्याउनका लागि पवन सर्रफले ४४ रन, रवि चन्दले ३४ रन र शेख आशिफले २० रन जोडेका थिए । मलेसियाका लागि इस्लाहले ४ विकेट लिएका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच पवन सर्रफ घोषित भएका छन् ।

 


  •  
  •  
  •