नेपालद्धारा थाइल्याण्ड १० विकेटले पराजित

425
  •  
  •  
  •  

काठमाडौ, २९ साउन : एसीसी यु-१६ प्रिमियर लिग क्रिकेटमा नेपालले शानदार सुरूवात गरेको छ । मलेसियामा जारी लिगको पहिलो खेलमा नेपाली टोलीले थाइल्याण्डलाई १० विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ ।

सेलाङ्गर टर्फ क्लब मैदानमा भएको उक्त खेलमा नेपालले पाएको ४९ रनको झीनो लक्ष्य मात्र ६ ओभर १ बलमा नै पुरा गर्यो । कप्तान सुशान्त थापाले अविजित २५ रन र रवी चन्दले अविजित १६ रन जोडेपछि नेपालले सहज जित हासिल गरेको हो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डको टोली ३१ औ ओभरमा मात्र ४८ रनमा सिमित भएको थियो । थाईल्याण्डलाई उक्त झीनो रनमा रोक्नका लागि जितेन्द्रसिंह ठकुरीले मात्र ६ ओभरमा ३ रन खर्चेर ५ विकेट लिएका थिए ।

नेपालले शुक्रबार सिंगापुरसँग खेल्ने छ।


  •  
  •  
  •