बुधबार नेपाललाई उसुमा ६ रजत

179
  •  
  •  
  •  

काठमाडौँ, २७ माघ(ओएनएस) : भारतमा जारी १२ औँ दक्षिण एसियाली खेलकुद (साग)को नेपालले आज उसुतर्फ ६ वटा रजत जितेको छ ।
सिलोङमा भएको प्रतिष्पर्धामा हरिप्रसाद गोले, सविता राई, झरना गुरूङ, जुनी राई, बिन्दु पुन मगर र राजेश चौधरीले रजत पदक हात पारेका छन् । उनीहरू सबै स्वर्णको प्रतिष्पर्धामा भारतीय खेलाडीसँग पराजित भएका छन् ।

प्रतिष्पर्धामा गोलेले १७.६२ अंक जोड्दै आउलोको ताइचीमा रजत हात पारेका छन् । यस प्रतिष्पर्धामा भारतका ज्ञानेन्द्र सिंहले १८.५३ अंक प्राप्त गरेका थिए । यस्तै, सविताले पनि थाउलोमार्फत नै नेपाललाई रजत दिलाएकी हुन् । उनले १७.७० अंक प्राप्त गर्दै रजत हासिल गरेकी हुन् । उनलाई १८.६२ अंक प्राप्त गरेकी भारतकी सनतोम्बी चानुले पराजित गरेकी हुन् ।

यसैगरी, सान्सौंको ५२ केजीमुनिको प्रतिस्पर्धामा झरना गुरूङ भारतकी युमनम सनथोईसँग फाइनलमा २–० ले हारेपछि रजतमा चित्त बुझाउन बाध्य भइन् भने सान्सौंकै ६० केजीको फाइनलमा जुनी राईले भारतकी केसिसाम अरुणपमादेवीसँग २–० ले पराजित भएपछि रजत हासिल गरिन् ।

यस्तै, बिन्दुले ७० केजीमुनिको स्पर्धाको फाइनलमा भारतकी पूजा काडियनसँग २–० ले पराजित भइन् ।

साथै, नेपालले पौडीमा पनि ऐतिहासिक जित हासिल गरेको छ । नेपालकी १३ वर्षीय गौरिका सिंहले बुधबार राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी छिन् । यो उनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा चौथो पदिक पनि हो ।


  •  
  •  
  •