नेपाललाई दोस्रो सफलता, क्वाटरफाइनलमा अफगानिस्तानसँग भिड्ने

94
  •  
  •  
  •  

काठमाडौ, १२ असोज(ओएनएस) : दक्षिण कोरियामा जारी एसियाडमा नेपाली क्रिकेट टोलीले दोस्रो सफलता हात पार्दै क्वाटरफाईनल प्रवेश गरेको छ । नेपालले आज भएको खेलमा माल्दिभ्सलाई ७ विकेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपालले क्वाटरफाइनलमा अफगानिस्तानको सामना गर्ने भएको छ ।

आज भएको खेलमा ५४ रनको विजय लक्ष्य लिएर मैदान छिरेको नेपालले उक्त लक्ष्य १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक अविजित २७ रन जोडेका थिए । उनले ३९ बलको सामना गर्दै १ चौका र १ छक्काको मद्धतले २७ रन जोडेका हुन् । यस्तै, कप्तान पारस खड्काले १५ रन जोडेका थिए भने सरद भेष्वाकरले ६ रन, सागर पुन र ज्ञानेन्द्र मल्लले समान १-१ रन जोडेका थिए ।

टस जितेर ब्याटिङ थालेको माल्दिभ्सले निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा आफ्ना सबै विकेट गुमाउँदै ५३ रन जोडेको थियो । माल्दिभ्सका लागि सफ्राज जालेलले १२ रन मुवियात घानीले ११ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । माल्दिभ्सलाई सस्तैमा समेट्न भुवन कार्की, शक्ति गौचन, सागर पुनले समान २-२ विकेट लिएका थिए भने सोमपाल कामी र बसन्त रेग्मीले समान १-१ विकेट लिएका थिए ।


  •  
  •  
  •