यु–१९ एसिया कपः नेपालद्वारा मलेसिया एक विकेटले पराजित

173
  •  
  •  
  •  

nepali cricket teamकाठमाडौँ, ३ पुस (ओएनएस) :श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।

आइतबार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले सान्त्वना जीत निकालेको छ ।  पहिले ब्याटिङको निम्तो भएको मलेसियाले नेपालविरुद्ध १ सय ५४ रन विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङ थालेको नेपालले ४४.४ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालको जितका लागि अनिल शाहले ३२, अभिनाष कर्णले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

यु–१९ एसिया कपः मलेसियाद्वारा नेपाललाई १ सय ५४ रनको लक्ष्य


  •  
  •  
  •