मलेसियामा नेपालले जित्दा के भयो ? (फोटोफिचर)

132
  •  
  •  
  •  

काठमाडौ, ४ भदौ (ओएनएस) : मलेसियामा सम्पन्न एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले उपाधीमाथी कब्जा जमाएको छ ।

मलेसियाको किनरारा क्रिकेट मैदानमा भएको मलेसियाविरूद्धको खेलमा मलेसियालाई ३२ रनले पाखा लगाउँदै पहिलो पटक एसीसी यु-१६ प्रतियोगिता जित हासिल गरेको हो । नेपाल यस उपाधीसँगै एसीसीले गरेका उमेरसमूहका सबै प्रतियोगितामा उपाधी जित्ने एकमात्र राष्ट्र बनेको छ ।

नेपालले मलेसियालाई ३६ औ ओभरमा मात्र १ सय २९ रनमा समेट्दै नेपालले अघिल्लो संस्करणमा बेहोरेको पराजयको बदला समेत लिएको छ । उक्त खेलको म्यान अफ द म्याच पवन सर्रफ घोषित भएका छन् ।

यस्तै, यस प्रतियोगितामा नेपालका १३ वर्षीय अनिल खरेल नायक बनेका छन् । उनी सबैको आँखामा पर्न समेत सफल भए । उनी प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने बलर समेत बनेका छन् ।

खेलमा जित हासिल गरेपछि नेपाली खेलाडि र त्यहाँ उपस्थित नेपालीहरूमा खुसीको लहर छाएको थियो । सबै एक-अर्कामा खुसियाली बाड्दै थिए । कोही अंगालोमा बाधिने त कसैलाई उचालेर घुमाउने क्रम समेत चल्यो । विषेशगरी अनिल खरेललाई त नेपाली प्रशंसकले निकै बेर बोकेर घुमाए ।

हेरौ तस्विरमा केही यी दृश्यहरू…

u-16 winner nepal6 u-16 winner nepal5 u-16 winner nepal4 u-16 winner nepal3 u-16 winner nepal2 u-16 winner nepal1


  •  
  •  
  •