नेपाल उपाधी नजिक, बहराईन १ सय ८६ रनले पराजित

93
  •  
  •  
  •  

काठमाडौ, २ भदौ(ओएनएस) : मलेसियामा जारी एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले चौथो जीत दर्ता गरेको छ । चौथो खेलमा बहराईनलाई १ सय ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल उपाधी नजिक पुगेको हो । अब उपाधीका लागि नेपालले बुधबार मलेसियासँगको पाँचौ खेलमा जित हासिल गर्नुपर्ने छ ।

u-16 nepali teamनेपालले प्रस्तुत गरेको २ सय ३४ रनको विजय लक्ष्य पछ्याएको बहराइन मात्र ४७ रनमा समेटिएपछि नेपालले रनको फराकिलो जित दर्ता गरेको हो । सिंलान्गोर टर्फ खेल मैदानमा भएको खेलमा बहराइनलाई २४ ओभर ४ बलमा रनमा समेट्दै फराकिलो जित दर्ता गरेको छ । बहराइनलाई सस्तैमा समेट्न अनिल खरेलले ८ रन दिँदै ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटीङ थालेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २३३ रन बनायो । नेपालका लागि प्रनित थापाले अविजित ७० रनको योगदान दिए । रवि चन्दले ३३ रन जोडे ।
लगातार तेस्रो खेलसम्‍म जितेको नेपाल हालसम्‍म अपराजित छ। पहिलो खेलमा थाइल्‍यान्डलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गर्‍यो भने तेस्रो खेलमा ओमानलाई १ सय २ रनले पराजित गरेको थियो ।

चौथो खेलमा जित दर्ता गरेपछि नेपाल उपाधी नजिक पुगेको छ । नेपालले अब जितका लागि आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई पराजित गर्नुपर्नेछ । मलेसियाले पनि आफ्ना सबै खेल जितेको र नेपालसँग बराबर अंकमा रहेपछि नेपालले पहिलो पटक एसीसी यु-१६ को उपाधी जित्नका लागि बुधबारसम्म कुर्नुपर्ने भएको छ । साविक विजेता मलेसियालाई पराजित गर्दै नेपाल पहिलो पटक यु-२६ को उपाधी उचाल्न तयारीमा छ भने मलेसिया नेपालले पराजित गर्दै उपाधी रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

चार खेलमा नेपालले चार वटै खेलमा जित दर्ता गर्दै ८ अंक जोडेको छ भने मलेसियाले तीन खेलमा जित र एक खेल पानीका कारण अवरूद्ध भएपछि अंक बाड्दै ७ अंक जोडेको छ । १ अंकले पछि रहेको मलेसियाललाई पराजित गर्न सके मात्र नेपालले उपाधी जित्ने छ । नेपालले उमेर समूहमा एसीसी को प्रतियोगिताको उपाधी नजितेको यो मात्र हो । अहिलेको यस लयमा मलेसियाको खेल पनि खेल्न सके नेपालले पहिलो पटक उपाधी जित हासिल गर्ने लगभग निश्चित जस्तै देखिन्छ ।


  •  
  •  
  •