पाँचौ स्थानका लागि नेपालको पहिलो भीडन्त नामिबियासँग

182
  •  
  •  
  •  

Nepal vs Ireकाठमाडौँ, २३ माघ(ओएनएस) : बंगलादेशमा जारी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको पाँचौ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले नामिबियासँग खेल्ने पक्का भएको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा भारतसँग १ सय ९७ रनले पराजित भएपछि नामिबियाले पाँचौ स्थानका लागि प्लेअफ सेमिफाइनलमा नेपालसँगको भीडन्त पक्का गरेको हो । नामिबियासँगको खेलमा विजय हासिल गरेमात्र पाँचौ स्थानका लागि फाइनलमा प्रवेश गर्नेछ । अन्यथा नेपालले सातौ स्थानका लागि प्रतिष्पर्धा गर्नुपर्नेछ ।

नेपाल र नामिबिया दुवै एशोसियट राष्ट्र हुन् । आईसीसीले हालै बनाएको नयाँ नियम अनुसार एसोसियट राष्ट्रमध्ये शीर्ष स्थानमा रहने टोलीले सन् २०१८ मा न्युजिल्याण्डमा हुने १९ वर्षमुनीको विश्वकपमा स्वत छनोट हुनेछ ।

यस नियम अनुसार आगामी मंगलबार नेपाल र नामिबियाबीच हुने खेलमा विजयी हुने टोली नै विश्वकपमा छनोट हुने एसोसियट राष्ट्र बन्नेछ । आगामी मंगलबार हुने खेलमा नेपालले नाममिबियालाई पराजित गर्न सकेको खण्डमा मात्र नेपाल विश्वकपमा स्वत छनोट हुनेछ । अन्यथा नेपालले पनि छनोट प्रतियोगिता पार गर्नुपर्ने हुन्छ ।

आज शनिबार भएको खेलमा भारतले नामिबियालाई १ सय ९७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको भारतले नामिबियालाई जितका लागि ३ सय ५० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । भारतका लागि रिशभ पन्तले १ सय ११ रन जोडेका थिए ।

३ सय ५० रनको लक्ष्य पछ्याएको नामिबिया ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रनमा समेटिएपछि नेपालसँगको भेट पक्का भएको हो ।


  •  
  •  
  •