हग्सलाई ऋद्धाञ्जली दिन नेपाल र अष्ट्रेलियाबीच ६३ ओभरको खेल हुने

424
  •  
  •  
  •  

philip-hughesकाठमाडौ, ११ पुस(एजेन्सी) : करिब एक महिना अघि बाउन्सर लागेर मृत्यु अष्ट्रेलियाका ब्याटस्म्यान फिलिप हग्सप्रति ऋद्धाञ्जली दिनका लागि नेपाल र अष्ट्रेलियाबीच ६३ ओभरको खेल हुने भएको छ ।

उक्त खेल कीर्तिपुरमा हुने क्यानकी सीईओ भावना घिमिरेले बताएकी छिन् । हग्स ६३ रन बनाएर खेलिरहँदा बाउन्सर बल लागेर ढलेका कारण ६३ ओभरको खेल खेलाइन लागेको हो । खेल कहिले हुने भन्ने बारे कुनै टुङ्गो लागेको छैन् । उक्त खेलमा नेपाली टोलीको नेतृत्व नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् । अष्ट्रेलियाका तर्फबाट कसले नेतृत्व लिने र को-को खेलाडी नेपाल आउने भन्नेबारे कुनै टुङ्गो नलागेको क्यानले जनाएको छ ।

हग्सको ब्याट र जर्सी सगरमाथामा लगिने

यस्तै, सिन एबोटको बाउन्सर बलले लागेर निधन भएका हग्सले प्रयोग गर्ने ब्याट र लगाउने जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा लगिने भएको छ ।

नेपाल क्रिकेट संघले उनीप्रति ऋद्धाञ्जली व्यक्त गर्दै उनले प्रयोग गर्ने ब्याट र जर्सी सगरमाथामा लैजाने प्रस्ताव गरेको थियो । हग्सको अन्तेष्टी अघि नै क्यानले उक्त प्रस्ताव पठाएपनि अष्ट्रेलियाले हालै मात्र स्विकार गरेको छ ।

क्यानकी सीईओ घिमिरेले हृयूजको व्याट र जर्सी सगरमाथा लैजाने सहमति भएको बताएकी छिन् । उनले क्यानले गरेको प्रस्तावमा अष्ट्रेलियाले स्विकृति जनाएपछि सरकारसँग सहमति लिने प्रक्रिया अगाडि बढाउने बताएकी छिन् । हृयूजले प्रयोग गरेको व्याट र टेष्ट जर्सी आगामी मार्च-अप्रिलमा सगरमाथामा लैजाने योजना छ ।


  •  
  •  
  •