यसकारण नेपाल डिभिजन २ मा पुग्छ…

176
  •  
  •  
  •  

canकाठमाडौ, ११ कात्तिक(ओएनएस) : आइसीसी वर्ल्ड डिभिजल थ्री लिगको आफ्नो चौथो खेलमा नेपालले अमेरिकालाई डर्कवर्थ लुइसका आधारमा १० रनले पराजित गरेपछि नेपाल डिभिजन २ मा पुग्ने लगभग निश्चित भएको छ । नेपालले २२ ओभर खेल्दा पानीले खेल रोकिएपछि डर्कवर्थ लुइसका आधारमा नेपाल १० रनले विजयी भएपछि नेपालको सम्भावना निकै बलियो भएको हो ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा २ सय २३ रनको लक्ष्यका साथ मैदान छिरेको नेपाली टोलीले २२ ओभरमा १ विकेट गुमाउँदै ७३ रन जोडेको थियो । तर, नेपाललाई डर्कवर्थ लुइसका आधारमा जीतका लागि मात्र ६३ रनको आवश्यकता भएका कारण नेपालले उक्त खेलमा जित हासिल गरेको हो । जीतसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ भने डिभिजन २ मा पुग्ने लगभग निश्चित भएको छ ।

points tableआजको जीतसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने नेपालको रनरेट उच्च भएका कारण नेपालको डिभिजन २ मा पुग्ने सम्भावना निकै बलियो भएको हो । अंकतालिकामा नेपालको ६ अंक छ र नेपालसँगै युगाण्डाको पनि ६ अंक छ तर, नेट रनरेटका कारण नेपाल शीर्ष स्थानमा छ । यस्तै, मलेसिया र सिंगापुर समान ४-४ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । तर, दुवै टोलीको नेटरनरेट कम भएकाले भोलीको मलेसिया विरूद्धको खेलमा नेपाल झिनो अन्तरले पराजित भएपनि डिभिजन २ मा पुग्नेछ । मलेसिया र सिंगापुरलाई डिभिजन २ मा पुग्नका लागि क्रमशः नेपाल र अमेरिकालाई फराकिलो अन्तरले जित्नु पर्ने हुन्छ ।

नेपालविरूद्धका विगतका खेलहरू हेर्ने हो भने नेपाललाई ठुलो अन्तरले मलेसियाले पराजित गरेको अवस्था छैन् र अहिले जारी प्रतियोगिताको खेल हेर्दा नेपाल नै मलेसियाविरूद्ध हावी हुने देखीएको छ । यसले गर्दा पनि नेपालको सम्भावना निकै बलियो देखिएको हो । यस्तै, सिंगापुरको अवस्था पनि बलियो छैन् । सिंगापुर अहिले नेगेटिभ नेट रनरेटमा छ र खेललाई निकै ठूलो अन्तरले जित्न सके मात्र सिंगापुरको सम्भावना रहन्छ । अमेरिकालाई फराकिलो अन्तरले जित्न सक्ने अवस्थामा सिंगापुर देखिँदैन । यसकारण पनि नेपालको सम्भावना निकै बलियो छ, डिभिजन २ मा पुग्नको लागि । अझ भनौ नेपाल डिभिजन २ मा पुग्ने निश्चितप्राय नै भएको छ ।


  •  
  •  
  •