काठमाडौ, ३ माघ(ओएनएस) : नामिबियामा आजबाट सुरू भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले पहिलो खेलमा युगाण्डासँग प्रतिष्पर्धा गर्दैछ ।
टस जितेर युगाण्डाले ब्याटिङ थालेको छ । दुवै टोली जितको लक्ष्यका साथ मैदान छिरेका छन् । पछिल्लो समयमा नेपालको तयारी सन्तोषजनक रहेकाले युगाण्डालाई पराजित गर्ने अनुमान गरिएको छ ।
नेपाल र युगाण्डाबीच अहिले भइरहेको खेल छैटौ खेल हो । यसअघि खेलिएका ५ खेलमा नेपालले ३ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो ।