विश्वकप छनोटः नेपाल र स्कटल्याण्ड भिड्दै

340
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : आइसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा बिहीबार नेपाल र स्कटल्याण्ड भिड्दैछन्।

नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा नेपाली समयअनुसार सवा १ बजे देखि हुनेछ।

समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ।
यसअघि आइतबार भएको समूहको पहिलो खेलमा नेपाल जिम्बाबेसँग पराजित भएको थियो।

नेपालले ४ वर्षअघि न्यूजिल्याण्डमा भएको एकदिवशीय विश्वकप छनोटमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो।


  •  
  •  
  •