डिभिजन १ मा पुग्न अब नेपालले के गर्नुपर्छ ?

188
  •  
  •  
  •  

nepal Cricketकाठमाडौ, ७ माघ(ओएनएस) : नामिबियामा जारी आईसीसी विश्व लिग डिभिजन २ क्रिकेटको चौथो खेलमा नेपालले आज आयोजक नामिबियासँग प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको दावेदार मानिएका नेदरल्याण्ड र क्यानडालाई पाखा लगाएको नेपालले आज नामिबियालाई पराजित गर्न सके डिभिजन १ मा पुग्ने सम्भावना बलियो हुनेछ ।

आज युनाइटेड क्रिकेट क्लब मैदानमा हुने खेलमा नेपालले नामिबियासँग उसको आफ्नै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । घरेलु दर्शक र घरेलु खेल मैदान साथै यसअघिका ३ खेलमा पाएको सफलता नामिबियाका लागि बलियो पक्ष हुनेछ भने क्यानडालाई ७ विकेटको सहज जित र नेदरल्याण्डमाथि २ विकेटको विजयले नेपाली खेलाडीको उच्च मनोबल प्रमुख हतियार हुनेछ । यस्तै, नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शन र क्यानडासँगको ब्याटिङलाई निरन्तरता दिन सके नामिबियामाथि जित हासिल गर्न कठिन हुने छैन् ।

तर, अघिल्ला तीन खेलमा विजय हासिल गरेको र मंगलबार मात्र बलियो प्रतिद्धन्दी नेदरल्याण्डलाई १ सय ८८ रनले पराजित गरेपछि नामिबियाको मनोबल पनि निकै उच्च भएको छ । नामिबिया पनि आजको खेलमा उच्च मनोबलका साथमा मैदान छिर्ने छ भने नेपाललाई पराजित गरेर डिभिजन १ पक्का गर्ने दाऊमा छ । तर, यदी नेपालले नामिबियामाथि जित हासिल गर्न सके नेपालको पनि डिभिजन १ मा पुग्न सक्ने सम्भावना बलियो हुनेछ ।

point tableआजको खेलमा जित हासिल गरे नेपाललाई डिभिजन २ मा पुग्नका लागि रनरेटले मात्र रोक्नेछ । अर्थात् आजको खेलमा जित हासिल गर्न सके अन्य टोलीले आफ्ना सबै खेलमा विजय हासिल गर्दा सबैको अंक बराबर अर्थात् ६ अंक हुनेछ र सबैको प्रतिष्पर्धा रनरेटका आधारमा मात्र हुनेछ । किनकी अन्य देशको पनि समान अंक ६ हुनेछ ।

तर, नामिबियालाई पराजित गर्न सके नेपालको नेटरनरेट थप बलियो हुनेछ र आफ्नो अन्तिम खेलमा केन्यासँग पराजित भए पनि नेपालको सम्भावना बलियो नै हुनेछ । तर, केन्या यस प्रतियोगितामा बलियो टोलीका रूपमा नदेखाएका कारण नेपालले केन्यालाई पराजित गर्न सक्ने सम्भावना पनि उत्तिकै बलियो छ । यस हिसाबले पनि नेपालको डिभिजन १ मा पुग्ने सम्भावना बलियो छ ।

आशा गरौ नेपालले आजको खेलमा नामिबियालाई पाखा लगाउँदै डिभिजन १ मा पाइलो हाल्ने आफ्नो सपनालाइ साकार पार्न सहज बाटो निर्माण गर्ने छ ।


  •  
  •  
  •