काठमाडौँ, ६ बैशाख(ओएनएस) : आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा आज नेपालले नामिबियासँग दोस्रो खेल खेलिरहेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा टस जितेर नेपालले नामिबियालाई व्याटिङको निम्तो दिएको छ ।
शनिबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ५ विकेटले पराजित गरेको थियो ।