मलेसिया जवाफी ब्याटिङ गर्दै

144
  •  
  •  
  •  

काठमाडौ, ४ भदौ (ओएनएस) :मलेसियामा जारी एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आयोजक मलेसियालाई १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

u-16 nepali teamअपडेटः

नेपाल जितको नजिक । जितका लागि २ विकेट आवश्यक । मलेसियाको आठौ विकेटको पतन ।

मलेसियाको सातौ विकेट झर्यो । नेपाललाई राहत । ताजा स्थितिमा मलेसिया ३४ औ ओभरमा १ सय २२ रन बनाएर खेल्दै । उपाधी भिडन्त रोमाञ्चक बन्दै  ।

ताजा स्थितिमा मलेसियाले ३२ ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन जोडेको छ ।

मलेसियाको छैटो विकेटको पतन । ताजा अवस्थामा मलेसियाले २८ ओभरमा ६ विकेटको क्षतिमा ९८ रन जोडेको छ । ३३ रन बनाएर नेपालको टाउको दुखाई बनिरहेका ह्यारिस आउट भएका छन् ।

अनिलको पहिलो विकेट । नेपालले मलेसियाको पाँचौ विकेट लिएको छ ।  ताजा स्थितिमा मलेसियाले २३ ओभरमा ५ विकेट गुमाउँदै ७५ रन जोडेको छ ।

१७ औ ओभरमा दुई विकेट पतन भएको छ । ताजा स्थितिमा मलेसिया ४ विकेटको क्षतिमा ३९ रन बनाएर खेलिरहेको छ ।

मलेसियाको तेस्रोो विकेटको पतन । ताजा स्थितिमा नेपालले १७ औ ओभरमा ३ विकेट गुमाउँदै ३९ रन जोडेको छ ।

मलेसियालाई दोस्रो झड्का । नेपालका प्रनित थापाले नेपाललाई ११ औ ओभरमा दोस्रो सफलता दिलाएका हुन् ।

ताजा स्थितिमा मलेसियाले १० ओभरमा १ विकेट गुमाउँदै २७ रन जोडेको छ । प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरेका १३ वर्षीय अनिल खरेलले पहिलो ओभर मेडन लिएका छन् ।

जवाफी ब्याटिङ गरिरहेको मलेसियाले पाँचौ ओभरमा १ विकेट लिएको छ । ताजा स्थितिमा मलेसियाले १ विकेटको क्षतिमा ६ ओभरमा २० रन जोडेको छ ।

मलेसियाको किनरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै १ सय ६१ रन जोडेको हो । नेपाललाई उक्त स्कोरमा पुर्याउनका लागि पवन सर्रफले ४४ रन, रवि चन्दले ३४ रन र शेख आशिफले २० रन जोडेका थिए । मलेसियाका लागि इस्लाहले  ४  विकेट लिए । पवनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडेका हुन् ।

मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले पहिलो ओभरमा ४ रन जोडेको छ । ।
आफूले खेलेका सबै खेलमा विजय हासिल गर्दै नेपाल उपाधिको प्रमुख दावेदार बनेको छ भने मलेसिया पनि एक खेल वर्षाका कारण रद्ध हुँदा नेपालभन्दा १ अंकले पछाडि छ । आजको खेलमा जित हासिल गर्ने टोली नै उपाधी विजेता हुनेछ ।

नेपाल पहिलोपटक एसीसी यु–१६ प्रतियोगिताको उपाधि जित्ने सुरमा छ भने मलेसिया यसअघि जितेको उपाधि रक्षा गर्ने सोचका साथ मैदान उत्रेको छ ।

नेपालले पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एक–एक अङ्क बाँडेको थियो । नेपालले आज मलेसियालाई पराजित गरेमा पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने इतिहास कायम गर्नेछ । मलेसियासँग अघिल्लो संस्करणको हारको बदलासमेत लिन पाउनेछ ।

लाईभ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्…


  •  
  •  
  •