नेपाल र केन्याबीचको दोस्रो खेल जारी, विश्वकपका लागि नेपालले जित्नैपर्ने बाध्यता

112
  •  
  •  
  •  

nepal vs kenya cricket matchकाठमाडौं, ३० फागुन (ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेल राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी छ ।

केन्याले ब्याटिङको निम्तो पाएको छ । यो समाचार तयार पारुन्जेलसम्म केन्याले १० ओभरमा २ विकेटको क्षतिमा २६ रन बनाएको छ ।
नेपालका लागि मेहबुब आलमले २ विकेट लिएका छ । ५ ओभर बलिङ गरेका आलमले ४ मेडन ओभर खेले । उनले २ रन मात्रै दिएका छन् । यस्तै सोमपला कामीले १ मेडन ओभर खेलेका छन् ।

शनिवार वर्षाले प्रभावित प्रतियोगितामा नेपाल केन्यासित ५ विकेटले पराजित भएको थियो ।

आजको खेलमा नेपालले जित्नैपर्ने बाध्यता छ । आगामी सन् २०१९ को विश्वकप क्रिकेटमा सहभागी हुन पनि आजको खेलमा नेपालले केन्यासित जित्नैपर्ने हुन्छ ।

नेपालले च्याम्पियनसिपअन्तर्गत १४ मध्ये ७ खेल हारिसकेको छ र अंक तालिकामा ३ खेल मात्र जितेर ६ अंकका साथ छैटौं स्थानमा छ । यसमध्ये माथिल्लो ४ स्थान ओगट्ने टोलीले आगामी सन् २०१९ मा बंगलादेशमा हुने विश्वकप छनोटको अन्तिम चरणमा भाग लिन पाउनेछन्।


  •  
  •  
  •