नेपाल र भारतको भिडन्त सुरू…(लाइभ भिडियो)

144
  •  
  •  
  •  

काठमाडौं १२ भदौ (ओएनएस) : उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपाल र भारतसँग प्रतिस्पर्धा भइरहेको छ । नेपाल र भारतबीचको फाइनल खेल दिउँसो तीनबजेपछि सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा सुरू भएको हो ।

नेपालले सेमिफाइनलमा अफगानिस्तानलाई ३–२ ले पराजित गरेर फाइनलमा स्थान बनाएको हो । भारतले बंगलादेशलाई सेमिफाइनलमा सडनडेथमा पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका लागि भारत परम्परागत प्रतिद्वन्द्वी हो । दक्षिण एसियाली प्रतियोगितामा भारत सधैँ नेपालको बाधक बन्दै आएको छ । नेपाली सिनियर फुटबल टोलीले भारतसँग १६ अन्तर्राष्ट्रिय खेल खेल्दा दुईमा मात्रै जित हात पारेको छ ।

उमेर समूहअन्तर्गत यू–१६ मा हालसम्म भएको तीन खेलमध्ये तीनैमा नेपाल पराजित भएको छ । यस्तै सिनियर महिला टोलीले पनि दक्षिण एसियाली फुटबलको तीन फाइनलमा नतिजा भारतीय टोलीलाई नै सुम्पिएको छ ।

यो पृष्ठभूमिमा नेपाल अर्को उपाधिका लागि फेरि भारतविरुद्व मैदानमा उत्रँदै छ । नेपाल शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको मैदानमा हुने पहिलो दक्षिण एसियाली फुटबल महासंघ साफ०_यू–१९ च्याम्पियनसिपको उपाधिका लागि भारतविरुद्व उत्रँदै छ ।

पहिलोपटक आयोजित प्रतियोगिताको उपाधि उचाल्ने योजनामा रहेको नेपाली टोलीलाई फेरि एकपटक भारतको चुनौती पन्छाउनुपर्नेछ । यद्यपि नेपालका लागि भारतलाई पराजित गर्नु सहज पक्कै हुनेछैन ।

नेपाल र भारत जारी प्रतियोगिताको अपराजित टोली हुन् । नेपाल समूह ए तथा भारत समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा तुलनात्मक रूपमा नेपालले राम्रो नतिजा आत्मसात् गर्‍यो ।

हेरौ खेलको लाईभ भिडियो…


  •  
  •  
  •