साफ यू–१५ च्याम्पियनसीप : नेपाल भारतसंग २–१ ले पराजित , नेपालले जोगाउन सकेन अग्रता

255
  •  
  •  
  •  

nepal-u-15-team
काठमाडौं, ११ भदौ (ओएनएस) : नेपाल यू–१५ साफ च्याम्पियनसीपमा भारतसंग २–१ ले पराजित भएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल उपविजेतामै सीमित हुन पुगेको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लिएपनि त्यसलवाई जोगाउन सकेन । भारतीय डिफेण्डरले रञ्जन पुनले फल गरेपछि नेपाललाई पेनाल्टीको अवसर मिलेको थियो ।
स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता दिलाएपनि त्यो पर्याप्त भएन ।

पहिलो हाफमा बलियो देखिएको नेपाल दोस्रो हाफमा कमजोर सावित भयो । ५९औं मिनेटमा भारतका तर्फबाट लालरोकिमाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७५औं मिनेटमा भारतले अग्रता लियो । यो गोलले नै भारतलाई जित दिलायो । नेपालले समूह चरणमा पनि भारतसँग २–१ कै पराजय व्यहोरेको थियो ।


  •  
  •  
  •