नेपाल विरुद्धको खेलका लागि हङकङको टिम घोषणा

153
  •  
  •  
  •  

honking

हङकङ, २० भदाै (एजेन्सी) : नेपालसँग विश्व क्रिकेट लिग च्याम्पियानसिपको छैठौं चरणको खेलको लागि हङकङले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङ पोइन्ट्स टेबलमा १० खेलबाट ११ अंक सहित तेस्रो स्थानमा छ भने नेपाल समान खेलमा ८ अंक सहित छैठौं स्थानमा छ। नेपालले हङकङग र युएईसंग २–२ खेल खेल्न बाँकीछ ।

प्रतियोगितामा उत्कृस्ट हुने ४ वटा टिमले २०१८ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउने अवस्थामा नेपाललाई उत्कृस्ट ४ मा पर्न बाँकी अधिकांंश खेलहरु जित्नुपर्ने दबाब रहेको छ। यहि अक्टोबर १३ र १५ तारिकमा हंगकंगको मिसन रोड क्रिकेट मैदानमा नेपाल र हङकङ बीच खेल हुनेछ।

नेपालले यसै बर्ष मार्चमा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिग टिम्स एसिया कपमा हङकङको सामना गरेको थियो जसमा नेपाल ७ विकेटले बिजयी भएको थियो । च्याम्पियनसिप अन्तर्गत नेपालले मार्चमा केन्यासंग १ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो ।

हङकङ बाबर हायतको कप्तानीमा रहनेछ भने २४ बर्षीय एजाज खानको स्थानमा १९ बर्षीय ओपनर आयुस्मन राथलाई टोलिको उपकप्तानीको जिम्मेवारी दिएको छ। त्यस्तै टोलीमा जेमी अट्कीन्सन, क्रिस कार्टर, निजाकत खान, सहिद वासिफ, हसान खान, एजाज खान, वकास खान छन् । त्यस्तै, तनवीर अफजल, एहसान नवाज, तनवीर अहमद, जथावेद सुब्रमन्यन र काएल क्रिस्टी पनि टिममा छन् ।


  •  
  •  
  •