नेपाल र हङकङबीचको दोस्रो टी–ट्वान्टी पनि स्थगित

861
  •  
  •  
  •  

canकाठमाडौं, ४ मंसिर (ओएनएस)  : नेपाल र हङकङबीचको बिहिबार तय भएको दोस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी खेल स्थगित भएको छ । श्रीलंकाको रंगीरी धाम्बुल्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पानी जमेपछि खेल स्थगित गरिएको हो । यसअघि बुधबारको लागि तय भएको पहिलो खेल पनि बर्षाको करण स्थगितभएको थियो ।

केहि दिन यता श्रीलंकामा भारि बर्षा भएपछि रंगीरी मैदान भिज्दा पीच तथा मैदानको अवस्था बिग्रिएको हो । २४ नोभेम्बरको लागि तय गरिएको एकदिवसीय खेल सारेर स्थगित भएका दुई ट्वान्टी–ट्वान्टी म्याच खेलाउन सकिने भेन्यू म्यानेजरले जनाएको श्रीलंकामा रहेका राजन काफ्लेले जनाएका छन् ।

श्रीलंका भ्रमणमा रहेको नेपालले यसअघि श्रीलंका ११ स“ग दुई वटा तीनदिवसीय म्याच खेलेको थियो । पहिलो खेलमा नेपालले हार ब्याहोरेको थियो भने दोस्रो म्याच बराबरीमा सकिएको थियो ।

बाकी खेल तालिका
तेस्रो टि–२० – टि–२० – हङकङबिरुद्ध – नोभेम्बर २२
एक मात्र एकदिवसीय – हङकङबिरुद्ध – नोभेम्बर २४
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), विनोद भण्डारी, अनिल कुमार मण्डल, करण के.सी., प्रदीप ऐरी, सुवास खकुरेल, शक्ति प्रसाद गौचन, वसन्त रेग्मी, भुवन कार्की, सोमपाल कामी, सागर पुन, अमृत भट्टराई, नरेश बुढाऐर, राजेश पुलामी
म्यानेजर – शैलेश कुमार चौधरी, प्रशिक्षक – पुवुद बाथिया दशानायके, सहायक प्रशिक्षक – महेश प्रसाद रिजाल, टेक्निकल एनेलिस्ट – रमन सिवाकोटी

 


  •  
  •  
  •