नेपाल र हङकङबीचको एकदिवसीय खेल ३० ओभरमा झारेर खेलाइदै

218
  •  
  •  
  •  

राजन काफ्ले, श्रीलंका (कोलम्बो)  : नेपाल र हङकङबीच आइतबार हुने भनिएको ५० एकदिवसीय क्रिकेट खेल ३० ओभरमा झारेर खेलाइने भएको छ । कोलम्बोस्थित पानागोडा आर्मी मैदानमा स्थानिय समय अनुसार दिउसो १ बजेबाट खेल हुनेछ । यसअघि श्रीलंकाको दाम्बुलामा नेपाल र हङकङबीच हुने भनिएको टी–ट्वान्टी सिरिज बर्षाको कारण स्थगित भएको थियो । कोलम्बोमा पनि बार्षाले प्रभावित गरेपछि खेल ३० ओभरमा झारिएको हो । यसअघि स्थगित भएको टी–ट्वान्टी सिरिजअन्तर्गत सोमबार एक मात्र टी–ट्वान्टी खेल खेलाइने एसिसीले जनाएको छ ।

Cricket (1) Cricket (2)


  •  
  •  
  •