मैदान हिलो

230
  •  
  •  
  •  

राजन काफ्ले,  ७ मंसिर,  श्रीलंका (कोलम्बो)  : नेपाल र हङकङबीच आइतबार हुने भनिएको एकदिवसीय खेल पनि स्थगित भएको छ । बिहान १० बजेको लागि तय भएको खेल २० ओभर घटाएर ३० ओभरमा खेलाउने निर्णय गरिएको थियो ।

तर दुबै टिमका खेलाडीहरुले आउट फिल्ड चिसो भएको भन्दै खेल्न अस्वीकार गरेपछि खेल स्थगित भएको हो । कोलम्बोस्थित आर्मी मैदानमा स्थानिय समय अनुसार दिउसो १ बजेबाट ३० ओभरको खेल हुने तय भए पनि खेलाडीहरुले खेल्न अस्वीकार गरेका हुन् ।

खेल स्थगित हुने भएपछि नेपालीले आइतबार पनि अभ्यास मा गरेका छन् । यसअघि श्रीलंकाको दाम्बुलामो नेपाल र हङकङबीच हुने भनिएको टी–ट्वान्टी सिरिज बर्षाको कारण स्थगित भएको थियो ।

यसअघि स्थगित भएको टी–ट्वान्टी सिरिजअन्तर्गत सोमबार एक मात्र टी–ट्वान्टी खेल खेलाइने एसिसीले जनाएको छ ।

अर्काे बर्ष नामिबियामा हुने आईसिसी डिभिजन–२ को तयारीको लागि नेपाली टिम अभ्यास गर्न श्रीलंका गएको हो । अभ्यासको सुरुआतमा नेपालले श्रीलंकन क्रिकेट बोर्डको टिमसँग दुई वटा तीनदिवसीय खेल खेलेको थियो । पहिलो खेलमा नेपाल पराजित हुँदा दोस्रो खेल बराबरीमा सकिएको थियो ।

Cricket 3

Cricket (1) Cricket (2)


  •  
  •  
  •