नेपाल र हङकङको टी–ट्वान्टी सिरिजमा बर्षा बाधक (फोटोफिचर)

348
  •  
  •  
  •  

श्रीलंका, ४ मंसिर :  टी–ट्वान्टी राष्ट्रको मान्यता पाएपछि पहिलो पटक आफ्नो टी–ट्वान्टी सिरिज खेल्न श्रीलंका पुगेको नेपाली टिमको लागि बर्षा बाधक बनेको छ । हङकङसग ३ टी–ट्वान्टी म्याच खेल्ने तय गरिएको भएपनि दुई वटा खेल स्थगित भैसकेको छ । यो साता श्रीलंकामा बर्षा जारी रहने संभावना रहेकोले तेस्रो म्याच पनि हुने–नहुने टुङ्गो छैन ।

श्रीलंकाको रंगीरी दम्बुल्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पानी जमेपछि दुवै खेल स्थगित गरिएको हो । केहि दिन यता श्रीलंकामा भारि बर्षा भएपछि रंगीरी मैदान भिज्दा पीच तथा मैदानको अवस्था बिग्रिएको छ । २४ नोभेम्बरको लागि तय गरिएको एकदिवसीय खेल सारेर स्थगित भएका दुई ट्वान्टी–ट्वान्टी म्याच खेलाउन सकिने भेन्यू म्यानेजरले जनाएका छन् ।

तस्विर – राजन काफ्ले /(ओएनएस)


Cricket 1
Cricket 2 Cricket 3 cricket 4 cricket 5 cricket 6 cricket 7 cricket 8 cricket 9 cricket 10


  •  
  •  
  •