आईसीसी डिभिजन–२ : क्यानडाबिरुद्ध नेपाल बलिङ गर्दैै

118
  •  
  •  
  •  

icc_league_division_2काठमाडौ, ६ माघ(ओएनएस) : नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गरिरहेको छ । दिउँसो सवा १ बजेदेखि सुरु खेलमा टस हारेको नेपालले क्यानडाबिरुद्ध पहिले ब्यालिङ गरिरहेको छ ।

दोस्रो खेलमा नेदरल्याण्डलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ । जितको लक्ष्यका साथ मैदान उत्रने नेपाली टोलीले ब्याटिङमा भने विषेश ध्यान दिनु पर्ने देखिन्छ । नामिबियामा नेपालको बलिङ निकै उत्कृष्ट देखिएपनि ब्याटिङ भने राम्रो हुन सकेको छैन् ।

पहिलो खेलमा युगाण्डासँग पराजित भएको नेपालले नेदरल्याण्डललाई पराजित गरेपछि नेपालको मनोबल उच्च त भएकै छ, त्यस्तै, डिभिजन १ मा पुग्ने सम्भावनालाई पनि कायम राखेको छ । डिभिजन १ मा पुग्नका लागि आजका खेलका साथै बाकी सबै खेल जित्नै पर्ने दवाव छ यस्तै, डिभिजन २ मा रहिरहनका लागि पनि २ खेलमा जित्नु पर्छ ।

चार पटकसम्म विश्वकप खेलिसकेको क्यानडासँग नेपालको इतिहास राम्रो छैन् । क्यानडासँग भएको एकमात्र एकदिवसीय खेलमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर, क्यानडाका त्यसबेलाका थुप्रै खेलाडीहरू टोलीमा छैनन् । यसले नेपाललाई केही फाइदा पुग्न सक्छ । तर, क्यानडासँगको खेल त्यति सहज भने छैन् ।


  •  
  •  
  •