बहराइनलाई पाखा लगाउँदै नेपालले रच्ला इतिहास ?

637
  •  
  •  
  •  

काठमाडौं ८ माघ( ओएनएस) : बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधी कब्जा गर्ने तयारीका साथ नेपाल मैदानमा उत्रिदैछ । आज नेपाल र बहराइनको यु–२३ टिमबीच भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

नेपाली राष्ट्रिय टिमले १७ वर्षपछि फाइनल खेल्न लागेको हो भने २३ वर्षपछि उपाधी हात पार्ने सोचमा रहेको छ । नेपालले यसअघि सन् १९९९ मा दशरथ रंगशाला, काठमाडौंमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)को फाइनल खेलेको थियो । स्वर्णपदकको प्रतिस्पर्धामा नेपाललाई बंगलादेशले १–० ले स्तब्ध पारेको थियो ।

त्यसको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो । त्यसपछि नेपालले माल्दिभ्सलाई हराएको यसैपाली हो । १७ बर्षपछि बंगबन्धु गोल्डकपमा सहभागी नेपालले समूह चरणमा मलेसियन सुपरलिगको क्लब फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

आजको खेलमा बहराइनलाई पाखा लगाउन त्यति सहज भने छैन् । नेपालले आज बहराइनलाई पराजित गर्न सके नेपालले इतिहास रच्नेछ । १७ वर्षपछि प्रतियोगितामा भाग लिन लागेको नेपाली टोलीले यो प्रतियोगितामा जित हासिल गरे नेपालका लागि यो प्रतियोगिताको पहिलो उपाधी हुनेछ । यस्तै, २३ वर्षसम्म कुनै उपाधीमा कब्जा जमाउन नसकेको नेपाली फुटबल टोलीका लागि निकै राहत हुन सक्छ र फुटबलमा पनि केही विकास हुने अपेक्षा गर्न सकिन्छ ।

प्रमुख खेलाडीहरू बिना नै खेलेको नेपालको अहिलेसम्मको प्रदर्शन राम्रो छ । नेपालले यस्तै खेललाई निरन्तरता दिन सके नेपाली फुटबलमा थप आशा गर्ने ठाऊँ रहन्छ । पछिल्लो समय निकै खस्केको नेपाली फुटबललाई यो प्रतियोगिताको उपाधीले माथी उठाउन अवस्य पनि मद्दत गर्नेछ ।


  •  
  •  
  •