२३ वर्षपछि नेपाललाई पहिलो उपाधी, बहराइन पराजित

260
  •  
  •  
  •  

काठमाडौँ, ८ माघ(ओएनएस) : बंगलादेशमा भइरहेको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइनलाई पराजित गर्दै नेपालले २३ वर्षपछि पहिलो उपाधी हात पारेको छ ।

बंगलादेशको बंगबन्धु मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ३-० गोलअन्तरले पाखा लगाउँदै उपाधीमाथि कब्जा गरेको हो । १७ वर्षपछि पहिलोपटक भाग लिएको उक्त प्रतियोगितामा नेपाललाई जित दिलाउनका लागि खेलको चौथो मिनेटमा बिमल घर्ती मगरले गोल गर्दै विजयको पथमा अगाडि बढाएका थिए ।

यसपछि खेलको अन्त्य अर्थात् खेलको ८७ औ मिनेटमा गोल गर्दै बिशाल राईले अग्रतालाई दोब्बर बनाए भने खेलको इन्जुरी टाइममा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई ३-० गोलअन्तरको जित दिलाए ।


  •  
  •  
  •