नेपाल र अमेरिकाबीचको खेल आज सुरु

133
  •  
  •  
  •  

काठमाडौं, ११ कात्तिक (ओएनएस): हिजो स्थगित भएको नेपाल र अमेरिकाबीचको खेल आज सुरु भएको छ । आइसिसी विश्व क्रिकेट डिभिजन तीन अन्तर्गत हिजो बर्षाका कारण रद्द भएको थियो । मलेसियाको किनरार ओभल मैदानमा जारी अमेरिकाले टस जितेर ब्याटि थालेको छ ।  ब्याटिङ थालेको अमेरिकाले राम्रो सुरुवात गरेको छ।

खराब स्थितिमा रहेको नेपालका लागी यो निर्णयले फाइदा पुर्याएको छ ।

नेपालले पानी रोकिँदा ३० ओभरमा १ सय ६२ रन जोड्नुपर्ने लक्ष्य पाएको थियो । सोही लक्ष्य पछ्याउने क्रममा नेपालले ७ ओबर खेल्दै २७ रन जोड्दा आफ्ना ३ विकेट गुमाइसकेको थियो । यस्तो अवस्थामा रोकिएको खेल पुन सूचारू भएको भए नेपाललाई जितका लागी निकै कठिन संघर्ष गर्नुपर्ने हुन्थ्यो । जति ओभर घट्यो नेपालका लागि विजय लक्ष्य पनि उतिनै गाह्रो हुनेथियो ।

 

 


  •  
  •  
  •