विश्वकप क्रिकेट छनोटः नेपाल र अफगानिस्तान भिड्दै

293
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : आइसिसि विश्वकप क्रिकेट छनोट प्रतियोगिता शनिबार नेपाल अफगानिस्तानसँग भिड्दैछ।

जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा दिउँसो सवा १ बजे हुने खेल दुवै देशलाई जित्नैपर्ने दवाव छ।
यसअघिका दुवै खेल हारेको नेपालले अफगानिस्तानलाई हराएर सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ।

तीनै खेल हारेको अफगानिस्तानलाई आज अन्तिम अवसर हो। सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ। अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस्रो देश अफगानिस्तान, नेपाल र हङकङ जुन पनि हुन सक्छ ।


  •  
  •  
  •