नेपालका प्रशिक्षक स्टेफानोस्की भन्छन् : यसपटक दर्शकलाई निराश पार्दैनौ

164
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले मंगलबार भारतबिरुद्ध हुने विश्वकप छनोट प्रतियोगिताको खेलमा दर्शकलाई निराश नपार्ने बताएका छन् ।

सोमबार होटल हिमालयमा भएको प्रि–म्याच कन्फरेन्समास्टेफानोस्कीले गुवाहटीमा भएको पहिलो लेगभन्दा खेलमा सुधार ल्याउने समेत दाबी गरे । गुवाहटीमा भएको पहिलो लेगमा नेपाललाई भारतले २–० ले पराजित गरेको थियो ।

‘पहिलो म्याचमा भन्दा खेलमा सुधार ल्याउने छौं, पहिलो म्याचमा ब्यहोरेको हारले हामी दुखि भएका छौ नै तर, खेलमा अझ सुधार ल्याउने आत्मबल पनि बढेको छ । ’ स्टेफानोस्कीले भने, ‘ हामी घरेलु मैदानमा खेल्दै छौं, हामी समर्थक साथमा छन्, जसले राम्रो प्रदर्शन गर्न उर्जा दिनेछ । ’ स्टेफानोस्कीले अघिल्लो म्याच भन्दा रणनीतिमा केहि परिवर्तन गर्ने बताएपनि त्यसबारे खुलाएनन् ।

यता भारतीय टिमका प्रशिक्षक स्टेफिन कोस्टाटीले आफुहरु नेपालबाट सधै सजग रहेको बताए । उनले भने, ‘नेपाली टिम खेल चेन्जर हो, जसबाट भारत सजक रहनु जरुरी छ , एउटा प्रतिस्पर्धीसँग खेल्दा अपाउनु पर्ने सबै रणनीति हामीसँग छ । ’ नेपाली टिमका पूर्वप्रशिक्षक समेत रहेका स्टेफिनले नेपालमा रहँदको स्मरण सुनाउँदै नेपाल बसाईको मिठो सम्झदा अझै ताजा रहेको बताए । स्टेफिनले नेपाली टिमलाई सन् १९९९ प्रशिक्षण दिएका थिए ।

नेपाल र भारतबीच विश्वकप फुटबल छनोटको प्रतियोगिताअन्तर्गत मंगलबार ३.३० मा दशरथ रंगशालामा खेल हुँदैछ । एन्फाले १० हजार मात्र टिकट बिक्रि गरिने जनाएको छ । दशरथ रंगशालामा मर्मत कार्य जारी रहेको भन्दै क्षमता भन्दा कम टिकट बेच्ने जनाकारी दिएको हो । दशरथ रंगशालाको दर्शक क्षमता १८ हजार हो ।


  •  
  •  
  •