निर्मल अर्याल
अमेरिका, १३ चैत (ओएनएस) : नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको वेस्ट च्याप्टर गठन भएको छ ।
एघार सदस्यीय समितिको संयोजकमा नेपाली कांग्रेसका जुझारु युवा नेता हरिबोल भण्डारी मनोनित भएका छन् ।
समितिका अन्य सदस्यहरुमा नविनराज घिमिरे, विजयमान श्रेष्ठ, राजु लामा, नविन बस्नेत, अमृत थापा, केशव केसी, राजाराम पोख्रेल, नविनराज घिमिरे, रुपेन्द्र पाण्डे र विमा अधिकारी रहेका छन् ।
समिति घोषणा गर्न आयोजित भेलामा जनसम्पर्क समिति अमेरिकाका संयोजक विष्णु सुवेदी तथा केन्द्रीय सदस्यहरु कृष्ण लामिछाने, प्रमोद सिटौला र मुनिन्द्र नेम्बाङ एवं नेपाली जनसम्पर्क समिति डल्लास टेक्सासका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द« कार्कीको पनि उपस्थिति रहेको थियो । समितिले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ जसमा सरोज जोशी, संजिव श्रेष्ठ र गोविन्द सापकोटा रहेका छन् ।
यसैबीच नेपाली जनसम्पर्क समिति अमेरिकाको वेस्ट च्याप्टरका नवनिर्वाचित हरिबोल भण्डारीले आगामी महिना भित्र विशेष कार्यक्रमका साथ महाधिवेशन गरिने जानकारी दिएका छन् ।