नेपालको सानदार सुरुवात

338
  •  
  •  
  •  

काठमाडौं, २३ कात्तिक, (ओएनएस) : कुबेतमा सुरु एसीसी यू–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरुआत गरेको छ । कुबेत सिटीको सुलाबिया मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १९५ रनले पराजित गरेको हो ।

नेपालले दिएको ३२२ रनको लक्ष्य पछ्याएको साउदी अरेबिया ३७.५ ओभरमा १२६ रनमा अलआउट भयो । पहिलो विकेटको लागि ५० रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेपनि नेपाली बलरले खेललाई नियन्त्रणमा लिएका थिए । नेपालको जितमा सुुशील कडेलले ३ विकेट लिए भने दिपेश श्रेष्ठ र सुनिल धमालले २–२ विकेट लिए । १ विकेट प्रेम तामाङको नाममा रह्यो ।

साउदी अरेबियाको लागि ओपनर समीर हामीकले ४३ र अर्का ओपनीङ ब्याट्सम्यान फैजल खानले ४१ रन जोडे । अन्यले उल्लेख्य रन जोड्न सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले एक बल खेल्न बाँकी छदा ३२१ रन बनाएको थियो । नेपालको लागि शंकर रानाले सर्वाधिक ८९ रनको पारी खेले । उनले ८२ बल खेल्दा ११ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान राजु रिजाल १ रन बाट अर्धशतक बनाउन चुके । ४९ रनको पारी खेल्ने क्रममा राजुले २ चौका हिर्काए ।

सुशील कडेलले ४२, आरिफ शेखले ३३ र शुनिल धमालले २६ रनको योगदान गरे । साउदी अरेबियाको लागि फैसल खानले सर्वाधिक ५ विकेट लिए । नेपाल र साउदी अरेबियासँगै प्रतियोगितामा अफगानिस्तान, मलेसिया, कुबेत र युएईले भाग लिएका छन् । सोबार नेपालले आयोजक कुबेतसँग प्रतिस्पर्धा गर्नेछ ।


  •  
  •  
  •