नेपाल ट्रष्टको नाममा देशभर २१ हजार ५ सय ६२ रोपनी ४ आना जग्गा(पूर्णपाठसहित)

59
  •  
  •  
  •  

काठमाडौं । नेपाल ट्रष्टको नाममा देशभर २१ हजार ५ सय ६२ रोपनी ४ आना जग्गा रहेको नेपाल ट्रष्टको कार्यालयले जानकारी दिएको छ ।

ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले श्वेतपत्र जारी गर्दै ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण सार्वजनिक गरेको हुन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले ट्रष्टको जग्गा सरकारलाई फाइदा हुने गरी मात्र लिजमा दिने बताए । आगामी दिनमा जग्गा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा प्रयोग गरिने उनले बताए । अध्यक्ष पोखरेलले ट्रष्टले सही सूचना सम्प्रेषण गर्न नसक्दा भ्रम सिर्जना भएको दाबी समेत गरे ।

ट्रष्टको सम्पत्तिमध्ये सबैभन्दा बढी ४ हजार ४ सय ४२ रोपनी जग्गा काठमाडौंमा मात्रै रहेको छ । त्यस्तै काठमाडौंका केही महंगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ । दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनीजस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा दिइएका छन् ।

हेर्नुहोस् पूर्णपाठ

 


  •  
  •  
  •