काठमाडौं ८ बैशाख ।
नेपाली नागरिकका रुपमा जारी भएको ट्राभल डकुमेन्ट किनेर विदेशी नागरिकले यात्रा गर्न थालेका छन् । वैदेशीक रोजगारीमा गएका भारत तथा वंगालादेशका नागरिकले नेपालको ट्राभल डकुमेन्ट किन्ने गरेका छन् ।
नेपालको ट्राभल डकुमेन्ट किनेर र्फकने क्रममा भारतीय युवती कान्छी मेहरा पक्राउ परेपछि यसको रहस्य खुलेको हो । अध्यागवमन कार्यालय विमानस्थलले उनलाई नेपालको डकुमेन्टसहित पक्राउ गरेको हो ।
मकवानपुर घर भएकी अनिता बलको नाममा जारी भएको ट्राभल डकुमेन्टमा आफ्नो फोटो टाँसेर उनी नेपाल आएकी थिइन् । गत २३ चैतमा पक्राउ परेकी मेहरलाई जाली राहदानी मुद्दा चलाइएको अध्यागमले जनाएको छ ।
साउदीमा रहेका दलालले उनलाई नेपालको ट्राभल डकुमेन्ट उपलव्ध गराएका थिए । पासपोर्ट हराएका आफ्ना नागरिकलाई दूतावासले ट्राभल डकुमेन्ट उपलव्ध गराउँछ । तर यस्तो डकुमेन्ट विदेशीले प्रयोग गर्न थालेको तथ्य खुलेको छ । नयाँपत्रिकाबाट