नेपालले ओमानको सामना गर्दै

130
  •  
  •  
  •  

काठमाडौँ, २८ कात्तिक(ओएनएस) : पपुवा नयु गिनीसँग खेल खेल्नका लागि पुगेको नेपाली टोलीले आज ओमानसँग एकदिवसीय खेल खेल्ने भएको छ । आज सवा ११ बजेबाट हुने अभ्यास खेलमा नेपालले ओमानको सामना गर्ने भएको हो ।

आगामी ३० गते र मंसिर २ गते हुने पपुवा न्यु गिनीसँगको खेलका लागी युएईमा रहेको नेपाली टोलीले आज ओमानसँग शेख जायद स्टेडियम नर्सरी-१ मा प्रतिष्पर्धा गर्दैछ । आज खेलले नेपाललाई पपुवा न्यु गिनी विरूद्धको खेलका लागि अभ्यास हुने बताइएको छ ।

यसअघि नेपालले हङकङसँग दुईदिवसीय खेल खेलेको थियो । उक्त खेल बराबरीमा टुङ्गिएको थियो । यस्तै, नेपालले पाकिस्तानसँग एकदिवसीय खेल खेलेको थियो, जसमा नेपाल १ सय २१ रनले पराजित भएको थियो । पराजित भएपनि नेपाली ब्याट्स्म्यानले उत्कृष्ट खेल खेलेका थिए ।

यसपछि नेपालले दुबईकै डानुब लायन्ससँग अभ्यास खेल खेलेको थियो । जसमा नेपालले डर्क वर्थ लुइस नियमका आधारमा १४ रनले जित हासिल गरेको थियो ।

यसैबीच ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।


  •  
  •  
  •