नेपालले हङकङसँग खेल्दै

132
  •  
  •  
  •  

काठमाडौँ, १९ कात्तिक(ओएनएस) : हङकङविरूद्धको दुई दिवसीय खेल नेपालले आज खेल्दैछ । साँढे ११ बजे सुरू हुने खेल युएईको दुबईको शेख जायद स्टेडियममा हुँदैछ । हङकङले टस जितेर ब्याटिङ रोजेको छ ।

यो खेलका लागि नेपाली टिमले हिजो दुबईमा अभ्यास गरेको छ । प्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ललगायत बसन्त रेग्मी, शक्ति गौचन लगायतका खेलाडीहरु अभ्यासमा रहेका थिए । विश्व क्रिकेट लिग तथा अन्य अन्तर्राष्ट्रिय खेलका लागि केहीदिन अघि नेपाली टोली दुवई पुगेको हो ।


  •  
  •  
  •