काठमाडौँ, २ पुस(ओएनएस) : भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग अभ्यास खेल खेल्दैछ ।
बंगलादेशको ढाकामा आज साँझ पौने ५ बजे उक्त अभ्यास खेल खेल्नेछ । एक साताको तयारीका लागि बंगलादेश पुगेको नेपाली टोली अभ्यासपछी सोझै साफ च्याम्पियनसिपको लागि भारतको केरला जानेछ ।
अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरुको बाहुल्यता छ । लगातार ९ खेलसम्म गोल गर्न नसकेर आलोचित बनेको नेपाली राष्ट्रिय फुटबल टोलीले यसपटक गोलको खडेरी चिर्ने धेरैको अपेक्षा छ ।