नेपाल टेलिकम र स्किपर प्याराडाइजबीच सम्झौता

119
  •  
  •  
  •  

काठमाडौं । नेपाल टेलिकम र स्किपर प्याराडाइज जेभीबीच सम्झौता भएको छ । बिहीबार ७२ ओटा टावर ग्राउन्डे बेस सपोर्टिङ टावर बनाउन सम्झौता भएको हो ।

टावर निर्माण कार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बुटवल क्षेत्रमा टेलिकमको नेटवर्क समयमा हल हुने विश्वास लिइएको छ ।

पश्चिमाञ्चल (लुम्बिनी, गण्डकी, धौलागिरी) मा ६४ र काठमाडौंमा ८ वटा टावर निर्माणको सम्झौता भएको हो ।
सम्झौतापत्रमा टेलिकमको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्याराडाइजका प्रबन्ध निर्देशक गोकुल पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । काम ६ महिनाभित्र सक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

लगत्तै १ सय ३८ ग्राउन्डे बेस सपोर्टिङ टावर निर्माणका लागिसमेत टेन्डर प्रक्रिया शुरु हुने टेलिकमले जनाएको छ ।


  •  
  •  
  •