टेलिकमद्वारा विभिन्न सेवाहरुको महसुल तिर्ने समय थप

56
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि नेपाल सरकारले लकडाउन गरेपछि नेपाल टेलिकमले ग्राहकलाई पर्ने असुविधाप्रति ध्यान दिँदै विभिन्न सेवाहरु ल्याएको छ ।

टेलिकमले विभिन्न सेवाहरुको महसुल तिर्ने समय थप गरेको जनाएको छ । टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा नेपाल टेलिकमले ग्राहक वर्गको हितका लागि विभिन्न सेवाहरुको महसुल तिर्ने समय थप गरेको जनाएको हो ।

टेलिकमले कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ ।

यो पनि हेर्नुहोस्

३२१०० मा डायल गरी कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन सकिने

टेलिकमको भ्वाइस प्याक लिनुस् दिल खोलेर कुरा गर्नुस्

नेपाल टेलिकमका अनलिमिटेड सस्ता डाटा प्याक


  •  
  •  
  •