नेपाल टेलिकममा जिम्मेवारी हेरफेर

222
  •  
  •  
  •  

काठमाडौं, २२ कात्तिक (ओएनएस) : नेपाल टेलिकमले कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ ।

कम्पनीले आन्तरिक व्यवस्थापन भन्दै कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो । जसअन्तर्गत टेलिकमले व्यापार व्यवस्थापनका नायब प्रबन्ध निर्देशक मधुसूदन कर्माचार्यलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको छ ।

कम्पनीले बिहीवारदेखि लागु हुने गरी कर्माचार्यलाई प्रवक्ता नियुक्त गरेको हो । त्यस्तै,  सहप्रवक्ताको जिम्मेवारी सोही विभागकी उप–प्रबन्धक प्रतिभा बैद्यलाई दिइएको छ ।

यसअघि व्यापार व्यवस्थापन विभागका प्रबन्धक तथा प्रवक्ता गुणकेशरी प्रधानलाई मर्मत सम्भार विभागमा र उप–प्रबन्धक तथा सह–प्रवक्ता राजेश जोशीलाई सूचना प्रविधि निर्देशनालयमा सरुवा भए गरिएको कम्पनीले जनाएको छ ।


  •  
  •  
  •