क्रिकेट संघ र टेलिकमबीच १ करोड ५५ लाखको प्रायोजन सम्झौता

150
  •  
  •  
  •  

काठमाडौ, २३ चैत(ओएनएस) :  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टेलिकमसँग दुई विधामा प्रायोजन सम्झौता गरेको छ । सिनियर राष्ट्रिय क्रिकेटको पुरुष  तथा महिला टोलीको प्रायोजन र टी–ट्वान्टी क्रिकेट ट्रफीको प्रायोजनसम्बन्धी दुई सम्झौतामा सोमबार हस्ताक्षार भएको हो ।

तीन वर्षे सम्झौतामा क्यान कार्यवाहक अध्यक्ष दीपक कोइराला र नेपाल टेलिकम प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षार गरे । सम्झौताअनुसार टेलिकमले क्यानलाई वार्षिक रूपमा १ करोड ५५ लाख प्रदान गर्नेछ ।

जसमा ८५ लाख सिनियर क्रिकेट टोली खेल विकासका लागि हुनेछ भने बाँकी ७० लाख टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालनका लागि खर्चिनेछ । सम्झौतामा उल्लेख भएअनुसार क्यानले टेलिकमले प्रायोजन गरेको रकमको २५ प्रतिशत रकम राष्ट्रिय सिनियर टीमका खेलाडीलाई भत्ता सुविधाका लागि खर्च गर्नुपर्नेछ। योसँगै सिनियर क्रिकेट टिम नेपालको टेलिकमको ब्रान्ड एम्बेसडर हुनेछ ।


  •  
  •  
  •