यु–१६ उपाधि विजेता नेपाली टोली फर्क्याे

117
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ (ओएनएस) : मलेसियामा सम्पन्न एसीसी यु–१६ प्रिमियर प्रतियोगिताको उपाधि जितेको नेपाली टोली बिहीबार बिहान ११–३० मा नेपाल आईपुगेको छ ।

आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै यु–१६ को उपाधि पहिलोपटक जितेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । नेपाली टोलीलाई क्यानका पदाधिकारी तथा केही नेपाली प्रशंसकले स्वागत गरेका थिए ।

नेपाल यस उपाधिसँगै एसीसीले गरेका उमेरसमूहका सबै प्रतियोगितामा उपाधी जित्ने एकमात्र राष्ट्र बनेको छ । नेपालले मलेसियालाई ३२ रनले पराजित गर्दै अघिल्लो संस्करणमा बेहोरेको पराजयको बदलासमेत लिएको थियो । उक्त खेलको म्यान अफ द म्याच पवन सर्रफ घोषित भएका थिए । यस्तै, नेपाललाई उपाधी दिलाउनकालागि महत्वपूर्ण योगदान गरेका अनिल खरेल प्रतियोगिताको मस्ट प्रमिसिङ प्लेयर घोषित भएका छन् ।

१३ वर्षका अनिलले प्रतियोगिता अवधीभर १३ विकेट लिएका थिए । उनले ओमानविरूद्धको खेलमा ८ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै, उनले बहराईनविरूद्धको खेलमा ३ विकेट, थाईल्याण्डविरूद्धको खेलमा २ विकेट, सिंगापुर र मलेसियाविरूद्धको खेलमा समान १–१ विकेट लिएका थिए । उनी नेपाली टोलीका सबैभन्दा कान्छा खेलाडि हुन् ।
यस्तै, अनिलसँगै नेपाललाई जित दिलाउनका लागि महत्वपूर्व योगदान दिएका जितेन्द्रसिंह ठकुरी वेष्ट बलर घोषित भएका छन् । उनले प्रतियोगिता अवधिभर विकेट लिएका थिए । उनले थाईल्याण्डस‍विरूद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, ओमानविरूद्धको खेलमा ४ विकेट, सिंगापुरविरूद्ध ३ विकेट र बहराइनविरूद्ध १ विकेट लिएका थिए ।


  •  
  •  
  •  

Comments are closed.