जीवनस्तर सर्वेक्षण शुरु

122
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम शुरु गरेको जनाएको छ ।
बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम शुरु गरिएको जानकारी गराएका हुन् ।

उनले गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्ने कामलाई अघि बढाएको बताए ।

विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समुदायहरुको पनि तथ्यांक संकलनको काम समेत शुरु गरेको जनाएको छ ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाइल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाइल बनाउने काम भइरहेको बताएका थिए ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलोपटक आर्थिक गणनाको काम पनि शुरु गरेको छ । रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि शुरु गरिएको तथ्यांक विभागले जनाएको छ ।


  •  
  •  
  •