दाता सम्मेलनका लागि करिब ३ सय पाहुना नेपालमा

178
  •  
  •  
  •  

काठमाडौं,  ९ असार (ओएनएस) :  भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा विभिन्न देशका प्रतिनिध काठमाडौ आइपुगेका छन् । उनी सबै सम्मेलन हुने स्थान होलट होल्टीमा पुगिसेका छन् ।

बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आइपुगेका थिए  । स्वराजले भूकम्पपछिको पुनःनिर्माणका लागि आफ्नो मुलुक नेपाल सरकार र नेपाली जनताका साथ सदैव रहने बताइन् ।  स्वराजले विपद्को विषम परिस्थितिमा पनि नेपाली जनताले आफ्नो राष्ट्रको पुनःनिर्माणमा प्रस्तुत गरेको जुझारु प्रतिबद्धताबाट आफू उत्साहित भएको बताइन् ।Nepal summit (3)

बुधबार नै जापानका विदेश राज्य मन्त्री मिनोरु कियुची पनि नेपाल आए  । अर्थमन्त्रालयले दिएको जानकारीअनुसार बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल महिथ र नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री हेक्की होलाम्स सहभागी हुन नेपालमा छन् ।Nepal summit (1)

 सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचना, विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरबार र प्रभावित केही जिल्लाको स्थलगत अवलोकन गराइएके थियो ।

युरोपेली सङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, राष्ट्र सङ्घीय महिला सङ्गठन (युएन ओमन), राष्ट्र सङ्घीय विकास कोष (युएनडिपी), राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए), शरणार्थीका राष्ट्र सङ्घीय उच्चायोग, राष्ट्र सङ्घीय बाल कोष, संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घ बसोबास केन्द्र (युएन ह्याभिट्याट), विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), विश्व बैंक, एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन (एफएओ) लगायत बहुपक्षीय निकायका प्रतिनिध काठमाडौमा छन् ।Nepal summit (7)

सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले मन्तव्यसहित उद्घाटन गरेपछि सहभागीहरुलाई भूकम्प अघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र देखाइनेछ । सम्मेलनको उद्घाटनभन्दा कार्यसत्रलाई जोड दिइने र नेपालको तर्फबाट प्रस्ताव गरिने कार्ययोजना प्रस्तुत गर्दै दाताको सुझाव लिने प्रयास गरिनेछ ।Nepal summit (2) Nepal summit (4) Nepal summit (6)


  •  
  •  
  •