उपाधीका लागि नेपाल श्रीलंकासँग भिड्दै

351
  •  
  •  
  •  

काठमाडौँ, २० चैत(ओएनएस) : प्रथम दक्षिण एसियाली आमन्त्रण महिला बास्केटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै । प्रतियोगितामा आज नेपाल र श्रीलंकाबीच हुने प्रतिष्पर्धामा विजयी हुने टोली नै विजयी हुनेछ ।

राउण्ड रोबिन लिगका आधारमा खेलाईएको खेलमा आजको खेलमा जित हासिल गर्ने टोलीले सबै खेलमा विजय हासिल गर्दै विजयी हुने भएको हो । दुवै टोलीले आफ्ना सबै तीन खेलमा विजय हासिल गरेका छन् । दुवै टोलीले माल्दिभ्स, बंगलादेश र भुटानलाई पराजित गरेका थिए ।

आज अर्को खेलमा बंगलादेश र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ । आजको खेलको विजेता टोली एसियन महिला बास्केटबल प्रतियोगितामा छनोट हुनेछ ।


  •  
  •  
  •