भाजपाका सांसद आजादले भने, ‘तराईका १५ जिल्ला खोसेर भारतमा गाभ्नुपर्छ’

228
  •  
  •  
  •  

काठमाडौँ, ९ मंसिर(एजेन्सी) : भारतीय जनता पार्टीका सांसद र पूर्व क्रिकेटर कीर्ति आजादले नेपालले तराईका १५ वटा जिल्ला भारतलाई दिनुपर्ने बताएका छन् । उनले हिन्दुस्तान अंग्रेजको कब्जाबाट मुक्त हुँदा ती १५ वटा जिल्ला नेपाललाई दिएका कारण ती सबै जिल्ला भारतको भएको बताएका छन् ।

भाजपा सामसद आजादले मधेसका १५ वटा जिल्ला भारतमा गाभ्नुपर्ने विषयमा त्यसबेला पनि कसैले आवाज उठाएको र अहिले पनि यसका विषयमा कसैले नबोलेको बताएका छन् । कीर्ति आजादले यसका लागि आफूहरू लड्ने बताएका छन् । १५ वटा जिल्ला फिर्ता लिनका लागि आफूले संसदमा समेत आवाज उठाउने बताएका छन् । उनले नेपालसँग १५ वटा जिल्ला भारतलाई दिन आग्रह गर्ने बताउँदै नेपाल नमाने ती भू-भाग जबरजस्ति लिने बताए ।

नेपालमा मधेसीहरूको माग पुरा नगरेको विरोधमा यस्तो भनाई भारतीय अखबार दैनिक जागरणको अनलाइन संस्करणले समाचार प्रकाशन गरेको छ ।

यसअघि भारतीय गृहमन्त्री तथा भाजपामा नेता राजनाथ सिंहले पनि नेपालमा करिब १ करोड भारतीय नागरिक रहेको भन्दै उनीहरूको सुरक्षा भारतको प्राथमिकता रहेको बताएका थिए ।

bjp leader kirti aajad


  •  
  •  
  •