पर्यटन क्षेत्र सुरक्षित, अन्तर्राष्ट्रिय विमानस्थल सुधारको माग

126
  •  
  •  
  •  

काठमाडौं, ४ भदौं( ओएनएस) ; संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री कृपाशुर शेर्पाले भूकम्पले अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई पुर्नउत्थानको लागि सरकार लागि परेको बताउनु भएको छ । होटल एशोसियसन अफ नेपाल (हान)को बिहीबार ४४औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै पर्यटन मन्त्रीले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा मन्त्रीले भूकम्पले पर्यटन क्षेत्रमा ठूलो क्षति र्पुयाएको छ र यसको पुर्नउत्थानको लागि मन्त्रालयले कार्ययोजना तयार गरेको बताए । मन्त्री शेर्पाले पर्यटन क्षेत्रसँगै मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती तथा सुधारको कामलाई तिब्रता दिने दावी गरे । ‘त्रिुभवन विमानस्थल इन्टरनेशनल सोचे जस्तो नभएको भन्दै यसको सुधानर चाँडै हुने बताए ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको प्रभावकारी व्यवस्थान गर्दै लैजाने र यसको क्षमतामा पनि सुधार गर्ने जानकारी दिनु भयो ।
मन्त्रीले एक जिल्ला एक एयरपोर्टको अवधारणालाई पनि अगाडि बढाइने भएको छ ।

कार्यक्रममा बोल्दै हानका अध्यक्ष बीके श्रेष्ठले पर्यटकका लागि नेपाल सुरक्षित रहेको बताउँदै ९५ प्रतिशत होटल सञ्चालनमा आइसकेको जानकारी दिए । उनले आन्तरिक एयरपोर्ट तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही क्षति नभएको जानकारी गराउँदै पर्यटकिय क्षेत्र पोखरा, चितवन, बर्दिया, लुम्बिनी लगायतका पर्यटकीय गन्तव्य पहिलेकै अवस्थामा रहेको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठको अनुसार भूकम्पपछि ऐतिहासिक तथा पुरातात्विक सम्पदा पर्यटकलाई खुल्ला गरिएको छ । श्रेष्ठले मूख्य ट्रेकिङ रुटहरु पनि सुरक्षित रहेको बताए । विश्वकै चर्चित अन्नपूर्ण सर्किट ट्रेल सुरक्षित छ ।

योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले पनि पर्यटन पुनरुत्थानमा जोड दिएका छन् । उनले नयाँ प्रोडक्ट र नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धन गरी पर्यटक आकषिर्त गर्नुपर्ने बताए ।

भूकम्पपछि पनि नेपाल सुरक्षित गन्तव्यका रुपमा रहेको यथार्थ कुरा विश्वभर फिँजाउन शर्माले सुझाव दिएका छन् ।


  •  
  •  
  •